युक्रेनी सेनालाई अमेरिकी सेनाद्वारा ड्रोन प्रशिक्षण दिँदै

  चैत २४, २०७८

काठमाडौं, चैत २४ : युक्रेनी सेनालाई अमेरिकी सेनाले रुसी सेनालाई परास्त गर्न सैन्य ड्रोन चलाउन प्रशिक्षण दिइरहेको छ ।
पेन्टागनका अनुसार अमेरिकाले युक्रेनलाई उपलब्ध गराउने स्विचब्लेड ड्रोन प्रयोग गर्न सिकाइरहेको छ ।

रुसले युक्रेन आक्रमण गर्नुपूर्व अमेरिकामा रहेका युक्रेनी सेनालाई सोसम्बन्धी सैन्य प्रशिक्षण दिइरहेको पेन्टागनका प्रवक्ता जोन किर्वीले बताउनुभएको हो । रुसी सेनाविरुद्धको युद्धमोर्चामा प्रयोग गर्नको लागि अमेरिकाले यसअघि नै युक्रेनलाई एकसय वटा स्विचब्लेड ड्रोन पठाइसकेको छ ।

तपाईको प्रतिक्रिया