तीनै तहको निर्वाचनमा गठबन्धन हुन्छ : प्रचण्ड

  चैत २३, २०७८

काठमाडौं, चैत २३ : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय, प्रदेश र संघीय तीनै तहको निर्वाचनमा गठबन्धनको प्रक्रिया अगाडि बढ्ने बताउनुभएको छ ।

बुधबार चितवनमा आयोजित पार्टीप प्रवेश कार्यक्रममा बोल्नुहुदै उहाँले सत्ता गठबन्धन तीनै तहको निर्वाचनमा गठबन्धन नयाँ प्रक्रियामा प्रवेश गरेको र यससँगै संविधान कार्यान्वयनको प्रक्रिया पनि अगाडि बढाइने बताउनुभयो ।

संविधान खारेज एवम् संघीयता, समावेशी उल्ट्याउन चाहन्छन् र माओवादी कमजोर बनाउने विभिन्न खालका घटना भइरहेको बताउनुहुदै उहाँले लोकतान्त्रिक र प्रगतीशील जनसमुदायको ध्यानाकर्षण गराउनुभयो । एकथरी शक्ति, देशभित्र मात्रै होइन् देशबाहिर पनि माओवादी केन्द्रलाई कमजोर पार्ने र निङ्रकुश शाषण चलाउनुपर्छ भन्ने दिशामा रहेको उहाँले बताउनुभएको छ ।

विगतमा पनि संविधान निर्माण प्रक्रियामा माओवादी गएको र फेरि पनि विकास र समृद्धिको लागि नयाँ अभियान चलाउनुपर्ने भनाइ उहाँको छ ।

विकासको भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य लगायतका कामलाई अग्रगति दिने प्रतिगमनविरुद्ध र जनताको अधिकारका लागि ईटको जवाफ पत्थरले दिनेगरी अगाडि बढ्न पार्टीपंक्तिमा उहाँले आह्वान गर्नुभयो ।

यसका लागि युवा शक्ति नै मुख्य शक्ति हुन्छ, लडेर देश, संविधान र जनताको आर्थिक विकास र समृद्धि पनि लडेर बचाउने हो यसको अर्थ फेरि हतियार उठाउने भनेको होइन्, उहाँले भन्नुभएको छ ।

तपाईको प्रतिक्रिया