काठमाडौं जिल्लाको म्यादी प्रहरी भर्नासम्बन्धी अन्तिम नतिजा सार्वजनिक

  चैत २३, २०७८

काठमाडौं, चैत २३ : स्थानीय तह निर्वाचनका लागि काठमाडौं जिल्लाको म्यादी प्रहरी भर्नासम्बन्धी अन्तिम नतिजा सार्वजनिक भएको छ ।

महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले काठमाडौं जिल्लाको म्यादी प्रहरी भर्नासम्बन्धी अन्तर्वार्तामा उत्तीर्ण उम्मेदवारहरुको अन्तिम नामावली बुधबार सार्वजनिक गरेको हो ।

म्यादी प्रहरी भर्नाका लागि लिइएको अन्तर्वार्तामा उत्तीर्ण भएका मुख्य तथा वैकल्पिक उम्मेदवारहरुको नामावली यस कार्यालयको सूचना पाटी तथा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंको फेसबुक पेजमा राखिएको छ ।

अन्तर्वार्ता परीक्षामा उत्तीर्ण भएका मुख्य उम्मेदवारहरुले चैत २५ गते दिउँसो १ बजे ल्याबाेरेटरी सेकेण्डरी हाइस्कुल, कीर्तिपुरमा तोकिएको समयभन्दा एक घण्टा अगावै उपस्थित हुन महानगरीय प्रहरी परिसरले अनुरोध गरेको छ ।

तोकिएको स्थान र समयमा उपस्थित नहुने उम्मेदवारहरुको लागि अर्को कुनै व्यवस्था नहुने व्यहोरा समेत परिसरले जनाएको छ ।

तपाईको प्रतिक्रिया