न्यायाधीशको स्वास्थ्यमा समस्या आएपछि धनगढीबाट उडेको विमान नेपालगञ्जमा अपतकालीन अवतरण

  चैत २३, २०७८

नेपालगञ्ज, चैत २३ : धनगढीबाट काठ्माडौँका लागि उडेको बुद्ध एयरको जहाज बुधवार विहान नेपालगञ्जमा आपतकालीन अवतरण गरेको छ ।

सो विमानमा यात्रा गरिरहनु भएका सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको स्वास प्रस्वासमा समस्या देखिएपछि धनगढीबाट काठ्माडौँका लागि उडेको बुद्ध एयरको जहाज विहान ९ः४५ बजे नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको प्रहरीले जनाएको छ ।

विमानस्थल सुरक्षा प्रहरीका प्रमुख सई जनक बुढाका अनुसार जहाजमै न्यायाधीश श्रेष्ठको स्वास्थ्यमा समस्या भएपछि उहाँकै आग्रहमा विमानलाई नेपालगञ्जमा आपातकालिन अवतरण गराईएको थियो ।

न्यायधीश बम र उहाँका सुरक्षाकर्मीलाई नेपालगञ्जमा झारेर बुद्ध एअरको सो विमान करिब १० बजे काठमाडौका लागि उडेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया