जहाँ जसको शक्ति छ, उसैको दाबी हुन्छ : माधव नेपाल

  चैत २२, २०७८

कपिलवस्तु, चैत २२ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा शक्तिको आधारमा सिट दाबी हुने बताउनुभएको छ । मंगलबार कपिलवस्तुको शिवराज नगरपालिका– २ मा भएको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताउनुभएको हो ।

‘आजै बिहानै पाँच दलका नेता बसेर निर्वाचनमा मिलेर लड्ने सामूहिक रुपमा संकल्प भएको छ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘जहाँ जसको शक्ति छ, उसैले दाबा गर्छ, हाम्रो शक्ति भएको ठाउँमा हामीले दाबा गर्छौ । अन्य दलको शक्ति जहाँ छ उहाँहरुले दाबी गर्नुहुनेछ ।’

पूर्वप्रधानमन्त्री नेपालले आधार र प्रमाणको आधारबाट छलफलको निष्कर्षबाट साझा उम्मेदवार चयन हुने बताउनुभयो । गठबन्धनका साझा उम्मेदवार नै निर्वाचनमा विजयी हुने उहाँले दाबी गर्नुभयो । कार्यक्रममा एकीकृत समाजवादीमा सचिव भागवत विश्वासीले एमालेले जनतालाई घात गरेको आरोप लगाउनुभयो । लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले केपी ओलीको प्रवृत्तिलाई जनताले अस्वीकार गरेको दाबी गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया