भिरबाट लडेर मृत्यु

  चैत २२, २०७८

सिन्धुपाल्चोक, चैत २२ : सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी–३ पहरेपानीका ३० वर्षीय सन्तोष थामी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । सोमबार दिउँसो ३ बजेतिर घरमाथि रहेको भिरबाट लडेका थामीको टाउकामा गम्भीर चोट लागेको अवस्थामा प्राथामिक स्वाथ्य केन्द्र बाह्रबिसेमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँको ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । उपचारका क्रममा थामीको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया