वीपी विचार राष्ट्रिय समाज अमेरिकाको संयोजकमा राजभण्डारी

  चैत २१, २०७८

काठमाडौँ, चैत २१ : वीपी विचार राष्ट्रिय समाज उत्तर अमेरिकाको संयोजकमा दीपमणि राजभण्डारी नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसका नेता एवं समाजका सभापति कुलबहादुर गुरुङले आज राजभण्डारीलाई उत्तर अमेरिका तथा क्यानडामा वीपी विचार राष्ट्रिय समाजको शाखा गठन गर्न संयोजकको जिम्मेवारी प्रदान गर्नुभएको हो ।

नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले नेपाली राजनीतिक तथा साहित्यिक क्षेत्रमा दिनुभएको विचारलाई देश विदेशमा लैजानका लागि वीपी विचार राष्ट्रिय समाज स्थापना भएको हो । कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका समाजका सभापति गुरुङले राजभण्डारीलाई वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय सदस्य पदमा मनोनित गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया