युक्रेनमा सम्भावित ‘नरसंहार’ को सङ्केत : स्पेनी प्रधानमन्त्री

  चैत २१, २०७८

म्याड्रिड, चैत २१ : स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित ‘नरसंहार’ को सङ्केत देखिएको बताउनुभएको छ। रूसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध कीभ बाहिरको शहर बुचामा अत्याचार गरेको बताइएको छ ।

‘हामी यी युद्ध अपराधीहरूलाई सजाय दिने कुरा सुनिश्चित गर्नका लागि सबै कुरा गर्नेछौं र त्यसका लागि अदालतमा उपस्थित हुनेछौं… मानवताविरुद्धको अपराधको विरुद्धमा प्रस्तुत हुनेछौँ,’ उहाँले भन्नुभयो।

तपाईको प्रतिक्रिया