साक्रामेन्टो गोली हानाहानमा कम्तीमा छजनाको मृत्यु

  चैत २१, २०७८

काठमाडौं, चैत २१ : अमेरिकाको क्यालिफोर्नियाको साक्रामेन्टोमा भएको गोली हानाहानमा कम्तीमा छजनाको मृत्यु भएको छ । घटनामा परी १२ जना घाइते भएको बीबीसीले जनाएको छ ।

हिजो आइतबार क्यालिफोर्नियाका रेष्टुरेन्ट र बारहरुमा भएको गोली हानाहानपछि सर्वसाधारणको भागदौड मच्चिएको थियो । नजिकै रहेको प्रहरीले घटनामा भागदौड शान्त पारे पनि भीडका कारणले गोली हानेका सन्दिग्ध व्यक्तिलाई गिरफ्तार गर्न सकेको छैन ।

प्रहरी प्रमुख क्याथरिन लेस्टरले यो सबैभन्दा वास्तविक रुपमा वियोगान्त घटना भएको प्रतिक्रिया दिनुभयो । प्रहरीले सन्दिग्ध व्यक्तिबारे कुनै पनि सूचना भए तत्काल प्रहरीलाई दिएर सहयोग गर्न अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया