२४ घण्टामा २३ संक्रमित थपिए, ६६ जना कोरोनामुक्त, मृत्यु शून्य

  चैत २०, २०७८

काठमाडौं, चैत २० : पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ८४७ जनाको पीसीआर परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार थप ६६ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार एक हजार ६२ जनाको एन्टीजेन परीक्षण गर्दा संक्रमितको संख्या शून्यमा झरेको छ। २४ घण्टामा मृत्यु शून्य रहेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ८९९ रहेको छ। २४ घण्टामा ३० हजार ४४८ जनाले खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया