मन्त्री सिंहद्वारा योजनाको अनुगमन

  चैत २०, २०७८

जाजरकोट, चैत २० : कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले दर्जनाँै योजनाको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । उहाँले जिल्लाको उत्तरपूर्वी क्षेत्रको कुशे गाउँपालिका र भेरी नगरपालिकाभित्रका दर्जन योजनाको निरीक्षण गर्नुभएको हो ।योजना हरुको सदुपयोग तथा कामको परिणामको विषयमा समेत अन्तरक्रिया गरिएको मन्त्री सिंहले जानकारी दिनुभयो । प्रदेश सरकारबाट जिल्लामा गएका योजनाको काम छिटोछरितो गरी परिणाममुखी बनाउनसमेत मन्त्री सिंहले निर्देशन दिनुभएको छ ।

अनुगमनमा रहेका मन्त्री सिंहलाई स्थानीयवासीले आफ्ना समस्याबारेमा अवगत गराएका थिए । खानेपानी, सिँचाइ, तार जाली र विद्युतीकरणमा आएका समस्या बारेमा समेत गुनासा सुनाएको भेरी–५ का रनजक नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्री सिंहसँग हामीले खुलेर कुरा राखेका छौँ, केही मागसमेत राखेको अवस्था छ, आशा छ ती गुनासाको सम्बोधन होला ।”

त्यस्तै पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले समेत जिल्लामा भएका विकास निर्माणका योजनाको निरीक्षण गर्नुभएको छ । भएको कामको मापदण्ड, अवस्था हेरेर नयाँ बजेट समावेश गर्न सकिने ठाउँको स्थलगत अनुगमनसमेत गरिएको पूर्वमन्त्री बस्नेतले बताउनुभयो । पाँचकाटिया ब्याउली ढुङ्गा सडकको बजेट विनियोजनसँगै भएको कामको स्थलगत अनुगमनसमेत गरिएको छ ।

तपाईको प्रतिक्रिया