इतिहासकार ज्ञानमणि नेपाल र गीतकार श्याम तमोटलाई भोजपुर प्रतिभा सम्मान

  चैत १९, २०७८

काठमाडौँ, चैत १९ : इतिहासकार ज्ञानमणि नेपाल र गीतकार श्याम तमोटलाई भोजपुर प्रतिभा सम्मान प्रदान गरिएको छ ।

भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतद्वारा राजधानीमा शनिबार आयोजित कार्यक्रममा पूर्व उपकूलपति गणेश रसिकले सो सम्मान प्रदान गर्नुभएको हो । सो सम्मानको राशि १० हजार रुपियाँको छ ।

सोही अवसरमा गायक भिषण मुकारूङ र कवि कविता राईलाई भोजपुर प्रतिभा पुरस्कार प्रदान गरिएको थियो । सो पुरस्कारको राशि जनही ३० हजार रुपियाँ रहेको छ ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष काङमाङ नरेश राईले कोभिड–१९ का कारण गत वर्ष रोकिएको सम्मान तथा पुरस्कारसहित यस वर्ष प्रदान गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व ज्ञानमणि नेपाल, श्याम तमोट, कवि कविता राई, भूपाल राई, शशि लुमुम्बूलगायतले भोजपुरको साहित्य, साहित्यिक गतिविधिका विषयमा चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया