तीन हवाई रुट उपलब्ध गराउन प्रधानमन्त्री देउवाको आग्रह

  चैत १९, २०७८

काठमाडौं, चैत १९ : प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदी समक्ष थप तीन वटा हवाई रुट उपलब्ध गराउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रुट उपलब्ध गराउन माग गर्नुभएको हो ।

नयाँदिल्लीको हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । ‘हामीले नागरिक उड्डयनको विषयमा पनि छलफल गरेका छौं । हामीले नेपालको आग्रहअनुसारको नेपाल प्रवेशको थप हवाईमार्ग माग गरेका छौं ।’

भारतीय समकक्षी मोदीसँगको भेटवार्ता सो विषयमा छलफल भएको जानकारी दिनुहुँदै उहाँले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रुट माग गर्नुभएको हो । त्यस्तै, भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि सहयोगका लागि पनि प्रधानमन्त्री देउवाले आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया