प्रगतिशील लेखक सङ्घ गठन

  चैत १९, २०७८

सप्तरी, चैत १९ : प्रगतिशील लेखक सङ्घ (प्रलेस) सप्तरी शाखाको आज सम्पन्न दोस्रो जिल्ला सम्मेलनले मेघराज पौड्यालको अध्यक्षतामा १३ सदस्य नयाँ समिति सर्वसम्मत चयन गरेको छ ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा पुनम पोखरेल, सचिवमा ईश्वरीप्रसाद नेपाल र कोषाध्यक्षमा गिरीराज पौडेल तथा सदस्यहरूमा मनोहर पोखरेल, सुमित्रा दास, किशोर चौधरी, इन्द्रबहादुर थापा, अभित चौधरी, जयराम मण्डल र बैजनाथ यादव निर्वाचित हुनुभएको छ ।

सम्मेलन शुभारम्भ गर्दै नेकपा (एमाले) केन्द्रीय सदस्य दिवाकर देवकोटाले देशमा पश्चिमा संस्कृति र यथास्थितिवादी संस्कृति हाबी रहेकाले त्यस विरुद्ध प्रगतिशील लेखकहरू अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । प्रतिनिधिसभा सदस्य सरीता गिरीले समाज परिवर्तका लागि राजनीतिक परिवर्तनले मात्र नहुने भन्दै सांस्कृतिक जागरणका लागि प्रगतिवादी आन्दोलन आवश्यक रहेको बताउनुभयो ।कञ्चनरूप नगरपालिका प्रमुख वसन्त कुमारले राजनीतिक दलका नेताहरूलाई सही बाटो हिँडाउनका लागि लेखक र साहित्यकारहरूले खबरदारी गरिरहनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया