प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरको भेट

  चैत १८, २०७८

काठमाडौं, चैत १८ : भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

नयाँ दिल्लीको चाणक्यपुरीस्थित होटल आईटीसीमा विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुभएको हो। प्रधानमन्त्री देउवा साेही होटलमा बस्नुभएको छ ।

विदेशमन्त्री जयशंकरसँगको भेटपछि प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालय पुग्नुभएको छ ।

भ्रमणको दोस्रो दिन शनिबार प्रधानमन्त्री देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अपर्ण गर्ने कार्यक्रम रहेका छ। उक्त कार्यक्रमपछि औपचारिक समारोह र कार्यक्रमका लागि प्रधानमन्त्री देउवा हैदरावाद हाउस पुग्नुहुने छ। त्यहाँ भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डलको दुई पक्षीय वार्ता हुनेछ ।

त्यस्तै, शनिबारै प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोलीले संयुक्त रुपमा धनुषको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि ‘फ्लाग अफ’ गरी यसको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया