जनकपुर, चैत १७ : चैतमधेश प्रदेशका प्रमुख हरिबंश मिश्रले जाँचबुझ आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
प्रदेशसभाको बैठकबाट पारित ‘जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ प्रदेश प्रमुख मिश्रले प्रमाणीकरण गर्नुभएको हो । उहाँले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।