आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्छ : नेपाल

  चैत १२, २०७८

तम्घास, चैत १२ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्ने बताउनुभएको छ ।

गुल्मीमा आज एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन आफूहरु कलम चिह्न लिएर अघि बढेको उल्लेख गर्नुभयो । गुल्मीको सन्दर्भमा उहाँले एमालेबाहेकका दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया