भिटोफको अध्यक्षमा दुई प्रतिस्पर्धी

  चैत १०, २०७८

काठमाडौँ, चैत १० : गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ० को भोलि बिहीबार हुने निर्वाचनमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ ।भिटोफका महासचिव जस्फा पाण्डे र द्वितीय उपाध्यक्ष गोपाल थापाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

आफूलाई अब्बल सावित गर्दै निर्वाचन प्रचार–प्रसारलाई तीव्र बनाउनुभएका दुवै प्रत्यासीले व्यवसायीसँग छुट्टाछुट्टै भेटघाट र एजेण्डाबारे छलफल गरेर आफ्नो पक्षमा माहोल बनाउन जुटिरहनुभएको छ ।

पाण्डेले भिटोफमा व्यावसायिक नेतृत्वका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले भिटोफको अवधारणालाई व्यावहारिक कार्यान्वयनका लागि यसपटक नेतृत्वमा आउन चाहेको उल्लेख गर्नुभयो । अर्का प्रत्यासी थापाले निर्वाचनमा माहोल बनाउन व्यवसायीसँग भेटघाट र अन्तक्र्रिया जारी रहेको बताउनुभयो ।

उहाँले भिटोफको उद्देश्यअनुरुप प्रवद्र्धनका गतिविधिलाई प्रभावकारी बनाउन आफूले प्रयत्न गर्ने बताउनुभयो ।एघार सदस्यीय कार्यसमिति रहेको फिटोफको अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन हुनेछ भने अन्य पदमा निर्विरोध भइसकेको जनाइएको छ । कोषाध्यक्ष पदका लागि गौरी उप्रेती र सकुन्तला देवकोटा प्रतिस्पर्धी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया