मूर्त शान्तिवार्तामा बस्न रुसलाई युक्रेनी राष्ट्रपतिकाे आग्रह

  चैत ०५, २०७८

काठमाडौं, चैत ५ : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार मूर्त शान्ति र सुरक्षाको लागि विना ढिलासुस्ती शान्तिवार्तामा बस्न रुसलाई आग्रह गर्नुभएको छ ।

एकतर्फी हमला गरेर गल्ती स्विकार गर्दै थप क्षति हुनबाट बचाउने मौका सिर्फ रुसलाई भएको पनि उहाँले बताउनुभएकाे अलजजिराले उल्लेख गरेकाे छ । एक भिडियो सम्बोधनमा बोल्नुहुँदै उहाँले भन्नुभयो, ‘क्षति न्यूनिकरणको लागि गल्ती स्विकार्न रुसलाई मौका छ ।’

उहाँले थप गरेर भन्नुभयो, ‘अहिले शान्तिवार्ता गर्ने समय आएको छ, भेट्ने समय आएको छ, युक्रेनमा न्याय र राष्ट्रिय अखण्डता पुनर्बहाली गर्ने समय आएको छ । होइन भने रुसले आफ्नो क्षति पूर्ति गर्न धेरै समय लाग्नेछ ।’

तपाईको प्रतिक्रिया