वासिङ्टन, चैत ३ : रुस र युक्रेनबीच बढ्दो युद्धको बीचमा बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेका छन्।
‘मलाई लाग्छ ऊ युद्ध अपराधी हो,’ बाइडेनले भने। बाइडेनले शुरुमा होइन भने जब पुटिन युद्ध अपराधी हो कि भनेर सोधेको प्रशनमा प्रतिप्रश्न गर्दा हो भनेका छन् ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बारेमा गरेको टिप्पणी आफैं बोल्छ भनेका छन् ।
‘राष्ट्रपतिको टिप्पणी आफैंको लागि बोल्छ,’ साकीले भने। ‘उनी आफ्नो हृदयबाट बोल्दै थिए र टेलिभिजनमा देखेका कुराहरूबाट बोल्दै थिए जुन क्रूर तानाशाहले अर्को देशमा आक्रमण गरेर पाशविक कार्यहरू गर्दछ।’






