काठमाडौँ, फागुन ३० : यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन पुनः बन्द गरेको छ। विभागले एक सूचना जारी गर्दै अर्को सूचना नआउँदासम्मका लागि अनलाइन आवे दन बन्द गर्ने निर्णय गरेको हो।
विभागले सोमबार (आज) जारी गरेको सूचनामा चैत १ गतेदेखि अर्को व्यवस्था नहुँदासम्मका लागि बन्द हुने उल्लेख छ।
हालसम्म परेका आवेदनहरुको कारबाही जतिसक्दो चाँडो टुंग्याउनुपर्ने भएकाले प्रणाली बन्द गर्ने निर्णय गरेको विभागको भनाई छ।