प्रतिनिधि बैठकमा एमालेको अवरोध कायमै

  फागुन २९, २०७८

काठमाडौं, फागुन २९ : आइतबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध कायम राखेको छ ।

पार्टीले कारबाही गरेका सांसदको सूचना सभामुखले टाँस नगरेको भन्दै लामो समयदेखि बैठक अवरोध गर्दै आएको एमालेले आइतबार अवरोधलाई कायमै राखेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नुभए लगत्तै एमाले सांसदले बैठकमा अवरोध गरेका हुन्। सभामुखले अवरोधबीच बैठकमा सांसदलाई धारणा राख्न समय दिनुभएको हो ।

एमालेका सांसद भीम रावल र नेमकिपाका सांसद् प्रेम सुवालले आइतबारको बैठकमा धारणा राख्नुभएको छ । अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएपछि त्यसको विपक्षमा रहेका नेताहरुले धारणा राख्नुभएको हो ।

सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया