इस्तानबुलका २०० बढी उडान रद्द

  फागुन २५, २०७८

स्तानबुल, फागुन २५ : टर्कीको राजधानी इस्तानबुलबाट बिहीबार हुने २०० भन्दा बढी उडान रद्द भएका छन् ।

इस्तानबुलमा रहेका दुई विमानस्थलबाट हुने ती उडानहरू अत्यधिक हिमपातका कारण रद्द भएको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूले बुधबार बताए अनुसार, इस्तानबुल विमानस्थलबाट बिहीबार हुने १८५ ओटा उडान रद्द भएका हुन । ती मध्ये आन्तरिक उडान अन्तर्गत १४४ ओटा र ७१ ओटा अन्तर्राष्ट्रिय उडान रद्द भएका हुन ।

त्यसैगरी अनाडेलुजेटका २० आन्तरिक उडान पनि रद्द भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

मौसममा सुधार नभएमा अरु उडान पनि रद्द हुन सक्ने उनीहरूले आशंका व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया