काठमाडौँ, फागुन २४ : नेपाली कांग्रेसले देशभर चुनावलक्षित एक महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएको छ ।
कांग्रेसको चुनावलक्षित अभियान फागुन २९ गतेबाट सुरु हुँदैछ । उक्त दिन दिउँसो १ बजे एकैसाथ अभियानको शुभारम्भ गर्ने नेताहरुको तयारी छ ।
