काठमाडौं, फागुन २३ : रुस–युक्रेन द्वन्द्वको कारण छिमेकी देश पोल्याण्डमा दश लाख भन्दा बढी शरणार्थीहरुले आश्रय लिनपुगेका छन् ।
आइतबार मात्र एकलाख ४२ हजार शरणार्थीहरुले पोल्याण्ड प्रवेश गरेको पोलिस सीमा गार्डले बताएका छन् ।
आज सोमबार विहान ७ बजे पोलिस युक्रेनी सीमामा ४२ हजार शरणार्थीहरु पुगेको कुरा गार्डले ट्वीटरमा जानकारी दिएको अलजजिराले जनाएको छ ।
यस्तै, पाेल्याण्डसहित विभिन्न छिमेकी देशमा १५ लाख शरणार्थीहरु युक्रेनबाट पुगेका छन् ।






