काठमाडौँ, फागुन २२ : शिखा बुक्सले प्रकाशनमा ल्याएको कवि रुपक अलङ्कारको नवीनतम् महाकाव्य ‘विश्रान्त’ सार्वजनिक भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय, समालोचक प्रा डा रामप्रसाद ज्ञवाली, साहित्यकारहरू महेश पौड्याल र शैलेन्द्र अधिकारीले उक्त कृतिको शनिबार लोकार्पण गर्नुभएको हो ।
सदस्यसचिव उपाध्यायले नेपाली राजनीतिक नेतृत्वमा देखिएको व्यक्तिवादी चरित्रलई कृतिले प्रश्न उठाउँदै प्रहार गरेको र विचार र कला सौन्दर्यको हिसाबले कृति अब्बल रहेको बताउनुभयो । समालोचक डा ज्ञवालीले कृतिले राजनीतिक सङ्घर्षको अभिलेखन गरेको जनाउनुभयो ।