जसपाको केन्द्रीय समितिको बैठक फागुन २९ र ३० गते

  फागुन १८, २०७८

काठमाडौं, फागुन १८ : सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्य समितिको बैठक फागुन फागुन अन्तिममा बस्ने भएको छ । जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले फागुन २९ र ३० गते केन्द्रीय कार्य समिति बैठक बस्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीका अनुसार जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक फागुन १६ गतेदेखि जारी छ । बैठकले फागुन २८ गते संघीय परिषद्को बैठक गर्ने निर्णयसमेत गरेको छ । यसैगरी, असार १ र २ गते विधान अधिवेशन गर्ने निर्णय भएको अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया