काठमाडौं, फागुन १८ गते प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनसँग फोनवार्ता गर्नुभएको छ।टेलिफोन वार्तामा रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयमा कुराकानी भएको छ। प्रधानमन्त्री देउवासँग कुराकानी भए लगत्तै ट्वीट गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनीले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विषयमा कुराकानी भएको उल्लेख गर्नुभएको छ।