प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक

  फागुन १८, २०७८

काठमाडौं, फागुन १८ : प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले बुधबारको प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गर्नुभएको हो ।

बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगका वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ ।

महासचिव डा. गौतमका अनुसार दोस्रो कार्यसूचीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दुई वटा प्रस्ताव पेश गर्नुहुनेछ ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस’ भन्ने प्रस्ताव र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव मन्त्री आलेले प्रस्तुत गर्नुहुने कार्यसूचीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया