वरिष्ठ साहित्यकार, लेखक तिलकप्रकाश कायस्थको ‘वीरग्रन्थ’ सार्वजनिक

  फागुन १७, २०७८

काठमाडौँ, फागुन १७ : भक्तपुर निवासी नेपाली कांग्रेसका योद्धा एवं वरिष्ठ साहित्यकार, लेखक तिलकप्रकाश कायस्थको प्रजातन्त्र प्राप्तिका लागि योगदान दिने लोकतान्त्रिक योद्धाको सङ्घर्षका यथार्थ विवरण समेटिएको पुस्तक ‘वीरग्रन्थ’ आजबाट बजारमा आएको छ ।

कायस्थले सङ्कलन गरेर लेख्नुभएको ‘वीरग्रन्थ’ लाई सुवर्ण स्मृति परिषद्ले प्रकाशनमा ल्याएको हो । पुस्तकमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो जीवन आहूति गर्ने शहीद एवं लोकतान्त्रिक आन्दोलनका योद्धाहरुको योगदानकाबारेमा विस्तृत चर्चा गरिएको पुस्तक प्रकाशक संस्था सुवर्ण स्मृति परिषद्का अध्यक्ष उद्धव ढुङ्गानाले जानकारी दिनुभयो ।

आजबाट बजारमा आएको उक्त पुस्तकमा नेपालका प्रथम शहीद लखन थापादेखि विसं १९९७, २००७, २०४६ हुँदै २०६२÷६३ को जनआन्दोलनसम्मका ६० जना शहीद तथा वीर योद्धाहरुको सङ्घर्षका कथा समेटिएर प्रकाशनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।

प्रजातन्त्र प्राप्तिका लागि वीर योद्धा एवं प्रजातन्त्र सेनानीले गरेको शारीरिक एवं मानसिक सङ्घर्षका साथै राणाकालदेखि राजतन्त्रसम्मले जनतामाथि गरेको दमन र जीवन भोगाइकाबारेमा पुस्तकमा जानकारी दिएको लेखक कायस्थले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको प्रजातन्त्र र स्वतन्त्रता प्राप्तिको आन्दोलनमा राणाकालदेखि राजातन्त्रसम्मले योद्धा र उनीहरुको परिवारलाई जेलमा दिइएको यातना, हत्या, जेलमै मृत्युवरण यथार्थता, जेलबाट छुटेपछि घर पुगेर भएका मृत्युदेखि बाल शहीदसम्मका जीवनलाई समेटिएर सङ्ग्रहित पुस्तक ‘वीरग्रन्थ’ पाठक माझ ल्याउन सफल भएका छौँ ।”

वीर योद्धाको यथार्थ जीवनी सङ्कलन गरेर पुस्तक तयार पार्न करिब चार वर्ष लागेको भन्दै लेखक कायस्थले पुस्तकको स्वरुपमा ल्याउन खोज, अनुसन्धान, ऐतिहासिक पुस्तक, स्रोत सामग्री एवं तत्कालीन पत्रपत्रिकाको अध्ययन गरेर यथार्थ रुपमा पुस्तकमा चित्रण गरिएको जानकारी दिनुभयो । पुस्तकमा ६० जना याद्धाको जीवनीलाई समेटिए पनि प्रजातन्त्रको आन्दोलनमा होमिएका अरु धेरै योद्धाको यस्तै जीवनी समेटेर पुस्तक प्रकाशन गर्न यसको दोस्रो भाग पनि लिएर आउने प्रकाशक संस्था परिषद्का अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।

यो कृति लेखक कायस्थको १४औँ कृति हो भने उहाँले प्रजातन्त्र दिवसको अवसरमा यहीँ फागुन ७ गते ‘झुक्न नजानेका राष्ट्रवादी नेता बिपी कोइराला’ नामक पुस्तक पनि सार्वजनिक गर्नु भएको थियो । यसअघि पनि उहाँका नेपाल भाषाका ‘योमरी’ ९उक्ति सङ्ग्रह०, ‘धनमाया’ ९लघुखण्ड काव्य०, ‘यौन ज्ञान मनोविज्ञान’, ‘नुगः जः’ (निबन्ध सङ्ग्रह), ‘वयागु हाथ्या’ ९कथा सङ्ग्रह०, ‘ख्वबि झसुका’ ९शोक काव्य०, ‘उत्सर्ग’ ९कविता सङ्ग्रह०, ‘कमला’ ९कथा सङ्ग्रह०, नेपाली भाषाका ‘परिवार नियोजन के, किन, कसरी’ ९लेख सङ्ग्रह०, ‘यौन ज्ञान मनोविज्ञान’ ९लेख सङ्ग्रह०, ‘शारदा’ ९शोक काव्य०, ‘लक्ष्मण रेखा’९ निबन्ध सङ्ग्रह० प्रकाशन भइसकेका छन् भने जीवन दर्शन प्रकाशनको तयारीमा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया