नेपालका लागि एमसिसी परियोजना अपरिहार्य छ: मन्त्री चौधरी

  फागुन १३, २०७८

काठमाडौँ, फागुन १३ : खानेपानीमन्त्री उमाकान्त चौधरीले हाम्रो जस्तो मुलुकका लागि एमसिसी परियोजना अपरिहार्य र जरुरी रहेको बताउनुभएको छ । प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देशको आर्थिक समृद्धि, विकास र गरिबी निवारणका लागि यो परियोजना ल्याइएको बताउनुभयो । उहाँले एमसिसीका बारेमा जनतामा धेरै भ्रमहरु सिर्जना गरिएको तर त्यो सत्य नभएको जिकिर गर्नुभयो ।

“कुनै पनि देश विकास गर्नका लागि तीन वटा तत्व हुन्छ”, मन्त्री चौधरीले भन्नुभयो, “एउटा आमनागरिकसँग कर लिएर अगाडि बढ्ने, अर्को ऋण लिएर अगाडि बढ्ने र तेस्रो भनेको अनुदान लिएर अगाडि बढ्ने हो ।” उहाँले एमसिसी विशुुद्ध अनुदान परियोजना भएकाले संसद्बाट पारित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया