डोनबास क्षेत्रमा विशेष सैनिक अभियान थाल्ने रूसकाे घोषणा

  फागुन १२, २०७८

काठमाडौं, फागुन १२ : रूसी राष्ट्रपति भ्लाडिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा विशेष सैनिक अभियान शुरु गर्ने घोषणा गर्नुभएको छ ।

एक टेलिभिजन सम्बोधनमा उहाँले युक्रेनी विद्रोहीविरुद्ध प्रत्याक्रमणमा लागेका युक्रेनी सेनालाई हतियार छोडेर घर फिर्ता हुन आह्वान गर्नुभएको समाचार बीबीसीले उल्लेख गरेको हो ।

युक्रेनलाई रूसमा गाभ्ने कुनै योजना नभएको बताउँदै राष्ट्रपति पुटिनले मस्कोको आह्वानलाई कसैले नजरअन्दाज नगर्न चेतावनी दिनुभयाे ।यसअघि युक्रेन र उसको पश्चिमी गठबन्धनले रूसले युक्रेनलाई गाभ्न खोजेको आरोप लगाएका थिए ।

तपाईको प्रतिक्रिया