सामसङले ल्यायो ग्यालेक्सी एस२२ सिरिज, यस्ता छन् विशेषता

  फागुन ११, २०७८

काठमाडौं, फागुन ११ : स्मार्टफोन ब्राण्ड सामसङले नेपालमा प्रिमियम ब्राण्डको ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२प्लस र ग्यालेक्सी एस २२ मोबाइलहरु बजारमा ल्याएको छ । ग्यालेक्सी एस २२ ले अल्ट्रा प्रिमियम स्मार्टफोनहरुका लागि नयाँ स्तर कायम गरेको कम्पनीको दावी छ ।

फोनमा प्रो-स्तरको क्यामराका साथमा आइकोनिक एस-पेन र नोट सिरिजको संयोजन गरिएको छ। आकर्षक डिजाइनको ग्यालेक्सी एस २२ प्लस र ग्यालेक्सी एस २२ मा उच्च गुणस्तरीय क्यामरा छन् ।

ग्यालेक्सी एस २२ अल्ट्रा भित्र रहेको एस पेन अत्यन्त छिटो, सर्वाधिक रेस्पोन्सिभएस पेन हो। ७० प्रतिशत छिटो तपाइँले आफ्नो एस २२ अल्ट्राको फराकिलो स्क्रिनमा लेख्न, चित्र कोर्न र एपहरु नयाँ तरिकाहरुबाट चलाउन सक्नुहुन्छ। यो फोनमार्फत उज्यालो तथा अँध्यारोमा पनि फुटेजहरु खिच्न सकिन्छ। यसमा पिक्सल सेन्सर २.४ युएम छ ।

यसमा भएको भिडियो अटो फ्रेमिङको सहायताले तपाईंको क्यामराले तपाइँले खिच्न चाहेको बस्तु मात्रै खिच्छ। यसमा १०० गुणा स्पेस जूम र शक्तिशाली डुअल टेलि लेन्सयुक्त क्वाडु«पल लेन्स क्यामरा राखिएको छ । सामसङकै शक्तिसाली क्यामरा रहेको कम्पनीको दावी छ ।
एस २२ सिरिजका मोबाइलहरुको अगाडी र पछाडी दुवैमा कडा सिसा जडान गरिएकाले दुर्घटनावश खसे पनि तपाईंले टुट्ने फुट्ने समस्या हुँदैन ।

फोन खरिदका लागि प्रिअर्डर गर्न सकिन्छ। ग्यालेक्सी एस २२ अल्ट्राको हरेक प्रि अडरमा ग्यालेक्सी बडस् २ सित्तैमा पाइन्छ। ग्यालेक्सी वाच ४ क्लासिक ४६ एमएम २७,००० को अफर मूल्यमा पाइन्छ । ४४० एमएम ग्यालेक्सी वाच १३,००० मा पाउँछन् । ग्यालेक्सी एस २२ र ग्यालेक्सी एस २२ प्लस को प्रि अडरमा ग्यालेक्सी बडस् २३००० को अफर पाउने कम्पनीले बताएको छ । ग्यालेक्सी वाच ४ क्लासिक ४६ एमएम, ३०००० को अफर मूल्यमा वा ग्यालेक्सी वाच ४४० एमएम १६,००० मा पाउने कम्पनीले बताएको छ ।

प्रि अडर अवधि २३ फेब्रुअरीदेखि ९ मार्च सम्म रहन्छ । यो फोनमा बीमा सुविधा पनि उपलब्ध छ ।

ग्यालेक्सी एस २२ अल्ट्रा फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र बर्गेन्डी रङमा उपलब्ध छ । यस्तै ग्यालेक्सी एस २२ र एस २२+ फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र हरियो रङमा उपलब्ध गराइएको छ ।

तपाईको प्रतिक्रिया