राष्ट्रसंघका महासचिवद्वारा यूक्रेनी सङ्कट समाधानका लागि आह्वान

  फागुन ११, २०७८

न्यूयोर्क, संयुक्त राज्य अमेरिका, फागुन १२ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेन सङ्कटको शान्तिपूर्ण समाधान खोज्न विश्व समुदाय पछि हट्नु नहुने बताउनुभएको छ ।

गुटेर्रेसले न्यूयोर्कमा सञ्चारमाध्यमहरूले यूक्रेन सङ्कटबारे सम्प्रेषित प्रतिक्रियाबारे आफ्नो धारणा सार्वजनिक गर्दै भन्नुभयो, “यो चुनौतीको सामना हामीले शान्तिका लागि र यूक्रेन र त्यसभन्दा बाहिरका जनतालाई युद्धको भूमरीबाट बचाउन हुने पहलबाट हुनुपर्छ । यो छलफल र वार्र्ताको पहल गर्ने समय हो ।”

संयुक्त राष्ट्रसंघ प्रमुखले युक्रेनको सम्बन्धमा भएका नवीनतम घटनाहरूबाट आफू “गम्भीररूपमा चिन्तित’ भएको उहाँले बताउनुभयो । थप रक्तपात विना यस सङ्कटलाई समाधान गर्ने सबै प्रयासमा आफू ‘पूर्ण प्रतिबद्ध’ भएको उहाँले बताउनुभयो ।

हालका वर्षहरूमा युक्रेनको स्थिति ‘सबैभन्दा ठूलो विश्वव्यापी शान्ति र सुरक्षा सङ्कट’ को अवस्थामा रहेको बताउँदै गुटेर्रेसले युक्रेनमा भएका नवीनतम घटनाहरूले सम्पूर्ण अन्तर्राष्ट्रिय प्रणालीको परीक्षण गरिरहेको बताउनुभयो ।

युक्रेनको सम्बन्धमा भएका नवीनतम घटनाहरूले आफूलाई चिन्तित पारेको भन्दै गुटेरेसले सम्पर्क लाइनमा बढ्दो युद्धविराम उल्लङ्घन र ‘ युद्धविराम उल्लङ्घन थप वृद्धिको वास्तविक जोखिम’ बारे सबैको सकारात्मक चासो हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

डोनेट्स्क र लुहान्स्क क्षेत्रका कतिपय क्षेत्रको ‘स्वतन्त्रता’ लाई मान्यता दिने रूसको निर्णयको उहाँले आलोचना गर्नुभयो । “मलाई स्पष्ट पार्नुहोस, डोनेट्स्क र लुहान्स्क क्षेत्रका केही क्षेत्रहरूको तथाकथित ‘स्वतन्त्रता’ मान्यता दिने रूसी संघको निर्णय युक्रेनको क्षेत्रीय निष्ठा र सार्वभौमिकताविरूद्ध छ ।

गुटेरेसले यस्तो एकपक्षीय निर्णय संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तहरूसँग प्रत्यक्ष रूपमा बाझिने मात्र होइन, साधारण सभाको स्वघोषित मित्रवत सम्बन्ध घोषणासँग पनि मेल नखाने बताउनुभयो ।

तपाईको प्रतिक्रिया