काठमाडौं, फागुन १० : राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले अमेरिकी सहयोग परियोजना एमसीसी फिर्ता लैजान अमेरिका सरकारलाई आग्रह गर्नुभएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै उहाँले एमसीसी सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्झौता तलमाथि पर्न सक्ने भन्दै फिर्ता लैजान आग्रह गर्नुभएको हो ।
उहाँले नेपालको संविधान बमोजिम संघीय कानुनअनुसार बनिनसकेको अवस्थामा एमसीसी परियोजना अनुदान संसदमा प्रस्तुत गर्न नमिल्ने बताउनुभएको छ । प्रतिनिधिसभामा एमसीसी प्रस्तुत हुनु संविधानको ठाडो उल्लंघन भएको उहाँको भनाइ छ । यसअघि पनि एमसीसी परियोजना फिर्ता लान उहाँले अमेरिकालाई वक्तव्यमार्फत आग्रह गर्नुभएको थियो । गौतमले पुनः एमसीसी परियोजना फिर्ता लान आग्रह गर्नुभएको हो ।