नयाँ विन्डोज ल्यापटप सार्वजनिक गर्दै सामसङ

  फागुन ०९, २०७८

काठमाडौं, फागुन ९ : यही महिनाको अन्त्यबाट अर्थात फेब्रुअरी २८ बाट मोबाइल वर्ल्ड कंग्रेस(एमडब्लुसी) २०२२ आयोजना हुँदैछ । स्पेनको बार्सिलोनामा आयोजना हुने उक्त कार्यक्रममार्फत सामसङले नयाँ ल्यापटप सार्वजनिक गर्ने बताएको छ ।

केही समय अघिमात्रै फ्ल्यागसिप सिरिज अन्तर्गत सामसङ ग्यालेक्सी एस२२ स्मार्टफोन सार्वजनिक गरेको कम्पनीले अब ग्यालेक्सी बुक ल्यापटप सार्वजनिक गर्ने भएको हो ।

जुन एप्पलको म्याकबुक स्टाइलको हुने जनाइएको छ ।
कम्पनीले ग्यालेक्सी बुकको रुपमा आउने यो डिभाइसले प्रयोगकर्तालाई नयाँ अनुभव दिने बताएका छ। ‘हामीले तीनओटा योजना पुरा गर्न सफल भएका छौं,’ कम्पनीले आफ्नो ब्लग पोष्टमा भनेको छ, ‘जुन नयाँ जेनरेशनको ग्यालेक्सी बुकमा देखिनेछ ।’

यो ल्यापटपले मानिसको दैनिक जीवनमा प्रयोग गर्ने डिभाइसको मान्यतानै परिवर्तन गरिदिने दाबी कम्पनीको छ । इन्टेलको चिपसेटमा आधारित हुने ल्यापटप सुरक्षाको हिसाबले निकै नै प्रभावकारी रहेको जनाइएको छ ।

त्यतिमात्रै नभएर नयाँ ल्यापटपमा माइक्रोसफ्टको एप प्रयोगमा पनि नयाँ अनुभव प्राप्त हुने दाबी कम्पनीको छ ।

तपाईको प्रतिक्रिया