नेकपा एकीकृत समाजवादीले एमसिसीको विपक्षमा मतदान गर्ने

  फागुन ०९, २०७८

काठमाडौँ, फागुन ९ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रतिनिधिसभामा पेस भएको एमसिसी परियोजना सम्झौताको विपक्षमा मतदान गर्ने भएको छ । महासचिव वेदुराम भुसालले आज जारी गर्नुभएको वक्तव्यमा पार्टीले एमसीसीसम्बन्धी प्रस्तावको विपक्षमा रहने निर्णय गरेको उल्लेख छ ।

पार्टीको आज बसेको सचिवालय बैठकले एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी जानकारी दिनुभयो ।

प्रचार विभाग प्रमुख खतिवडाले संसद्मा पेस भएको एमसिसीको विपक्षमा पार्टीले मतदान गर्ने र विपक्षमा मतदान गर्न अन्य पार्टीहरूलाई पनि वातावरण सिर्जना गर्ने बताउँदै सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने पनि बताउनुभयो । उहाँले आफ्नो पार्टीका सबै सांसद र मन्त्रीहरूले एमसिसीको विपक्षमा मतदान गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया