एनआइसी एशिया बैंकको घातक रोग बीमा बराबर १० लाख रकम एक खातावालालाई

  फागुन ०८, २०७८

काठमाडौँ, फागुन ८ : एनआइसी एशिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध १० लाख रुपैयाँ बराबरको घातक रोग बीमा रकम एक जना खातावालालाई भुक्तानी गरेको छ ।

जसअनुसार यस बैंकको काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजना अन्तर्गतको ‘डायमण्ड श्रेणी’ खाता खोल्नु भएका भिमसेनगोला, काठमाडौं निवासी ३६ वर्षीय श्यामप्रसाद पन्तलाई भुक्तानी गरिएको हो ।

उहाँलाई यस बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

खातावालालाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको हो। यो बैंकको बीमासहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका ७०० जना भन्दा बढी ग्राहकहरूले बीमा वापत ४ करोड ३० लाख भन्दा बढी रकम प्राप्त गरिसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया