काठमाडौँ, फागुन ८ : अमेरिकी सहयोग परियोजना (एमसिसी) अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू बीच सहमती जुटेको छ ।
बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसिसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताउनु भयो ।
‘आज टेबल हुन्छ । यसका लागि सहमती जुटेको छ’ उहाँले भन्नु भयो ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ।