प्रजातन्त्र दिवसका अवसरमा टेलिकमको भोल्टी कल निःशुल्क

  फागुन ०६, २०७८

काठमाडौँ, फागुन ६ : फागुन ७ गते मनाइने ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ ।
एमपोस बाट गरिने रिचार्जमा पनि डेटा बोनस उपलब्ध गराउने टेलिकमले बताएको छ ।

योे अफर भोलि एक दिनका लागि उपलब्ध हुनेछ ।

नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ ।

साथै, सोही अवसरमा फागुन ७ गते एमपोसबाट गरिने २०० देखि ४९९ रुपैयाँसम्मको रिचार्जमा ५१२ एमबी डेटा र ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डेटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।

तपाईको प्रतिक्रिया