रुसमा थपिए एक लाख ८० हजार सङ्क्रमित

  फागुन ०६, २०७८

मस्को, फागुन ६ : रुसमा कोरोना भाइरसबाट थप एक लाख ८० हजार भन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले पछिल्लो २४ घण्टामा एक लाख ८० हजार ७१ जना नयाँ सङ्क्रमित भएको जानकारी दिएका हुन ।

उनीहरूका अनुसार सोही अवधिमा अरु ७८४ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ । यसअघि एकैदिनमा एक लाख ८० हजार ६२२ जना नयाँ सङ्क्रमित भएका थिए भने ७९० जनाको मृत्यु भएको थियो ।

पछिल्लो एक दिनमा एक लाख ९८ हजार ३६९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एकै समयमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको देखिएको छ ।

तपाईको प्रतिक्रिया