‘वासु रिमाल यात्री पुरस्कार’ दत्त र तिमिल्सिनालाई

  फागुन ०६, २०७८

काठमाडौं, फागुन ६ : राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी सङ्घले यस वर्षको ‘वासु रिमाल यात्री पुरस्कार’ राससका दुई कर्मचारीलाई प्रदान गर्ने भएको छ ।

सङ्घको कार्यसमिति बैठकले वरिष्ठ प्राविधिक धीरेन्द्रकुमार दत्त र कार्यालय सहायक केदारप्रसाद तिमल्सिनालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । राससको ६१औँ वार्षिकोत्सवको अवसर पारेर ती पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ । पुरस्कारको राशि जनही रु पाँचहजार एक र प्रमाणपत्र रहेको छ ।

सङ्घले हरेक वर्ष दुई कर्मचारी पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको छ । दत्त राससको प्राविधिक शाखामा आठौँ तहमा कार्यरत हुनुहन्छ भने तिमल्सिना (पाँचौँ तह) कार्यालय सहयोगीको रुपमा लामो समयदेखि सेवा गर्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया