नेपाली बजारमा रियलमी-९ संस्करणको पहिलो फोन सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

  फागुन ०४, २०७८

काठमाडौँ, फागुन ४ : रियलमीले नेपाली बजारमा रियलमी ९आई स्मार्टफोन सार्वजनिक गर्दैछ । यो फोन सन् २०२२ मा सार्वजनिक रियलमी ९ संस्करणको पहिलो फोन हो । यो फोनको आवरणसँगै यसको चार्जिङ र ब्याट्री पनि परिस्कृत हुने कम्पनीले बताएको छ ।

फोनमा स्‍न्यापड्र्यागन ६८० प्रोसेसर भएकोले लास्ट-जेन प्रोसेसर स्न्यापड्र्यागन ६६२ को तुलनामा फोनको सिपियू प्रदर्शनी राम्रो छ । साथै, यसको एआई प्रदर्शनी पनि राम्रो हुन्छ ।

कम्पानीका अनुसार नयाँ रियलमी-९आईको ब्याट्री क्षमता ८आईको तुलनामा ४६ प्रतिशतले सुधार गरिएको छ । रियलमी-९आईमा पाँच हजार एमएएचको ब्याट्री क्षमता छ । यसले ३३ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । जसले गर्दा जम्‍मा ७० मिनेटमा फोन पूरा चार्ज हुन्छ ।
त्यस्तै, फोनमा ९० हर्जको रिफ्रेस रेट दिइएको छ। रियलमी-आईमा सुपर पावर सेभिङ मोड पनि दिइएको छ।

रियलमी(९आईमा ६ जिबी र्‍याम र १२८ जिबी आन्तरिक स्टोरेज छ। जसलाई मेमोरी हालेर १ टिबीसम्म बढाउन सकिन्छ।

नेपाली बजारमा रियलमी-९आई निलो र कालो गरी दुई रंगमा उपलब्ध हुनेछ । हालसम्म मूल्य भने सार्वजनिक गरिएको छैन ।

तपाईको प्रतिक्रिया