एमसिसीको विरोधमा नयाँ बानेश्वर क्षेत्रमा झडप

  फागुन ०४, २०७८

काठमाडौँ, फागुन ४ : नयाँ बानेश्वरमा एमसिसीको विरोधमा उत्रिएका व्यक्तिहरु र प्रहरीबीच झडप भएको छ ।

प्रतिनिधि सभा बैठकमा आज एमसिसी टेबल गर्ने तयारी गरेको भन्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

सरकारले आज संसद्मा एमसिसी अनुमोदनका लागि पेश गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता कार्यकर्ता भेला भई प्रदर्शनमा उत्रिएका हुन् ।

मीनभवनतर्फको प्रवेशद्वारबाट संसद् भवनभित्र पस्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहोरा हानेको थियो । प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप हुँदा बानेश्वर क्षेत्रमा केही तनावको स्थिति देखिएको छ ।

विरोध प्रदर्शनका कारण अहिले माइतीघर–तीनकुने सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया