आज संसदमा एमसिसी टेबल नगर्ने देउवा-प्रचण्डको सहमति

  फागुन ०४, २०७८

काठमाडौं, फागुन ४: अमेरिकी सहयोग परियोजना एमसिसी आजको प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसिसी आज पेश नगर्ने सहमति भएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार भोलि ३ बजे गठबन्धनका नेताहरुको बैठक बस्ने सहमति भएको छ । एमसिसीबारे सो बैठकले थप निर्णय गर्ने उल्लेख छ।

संसदीय दलको बैठकबाट एमसिसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नु भएको थियो । माओवादी केन्द्रले एमसीसी जबरजस्ती अघि बढाउन खोजे गठबन्धन तोडिने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया