४९८ संक्रमित थपिए, १८ सय ३५ कोरोनामुक्त, दुई जनाको मृत्यु

  फागुन ०३, २०७८

काठमाडौं, फागुन ३ : पछिल्लो २४ घण्टामा ४९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार २५६ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा दुई हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कुल सात हजार ९५ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर ६८० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सोही अवधिमा १८ सय ३५ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९६।८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९०२ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा चार लाख ३८ हजार ८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल १९ हजार चार सय जना सक्रिय सङ्क्रमित छन् ।

तपाईको प्रतिक्रिया