लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

  फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : प्रहरीले कास्कीका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महागनरपालिका-१ सिमपानीका ३८ वर्षीय पूर्णबहादुर जलारी र पोखरा–१७ छोरेपाटनका ३१ वर्षीय सूर्यबहादुर थापा रहेका छन् ।

उनीहरुका साथबाट फेनरागन ७० एम्पुल, नुफ्रिन ६९ एम्पुल र डाइजापाम ७० एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै प्रहरीले पोखरा-१७ घारीपाटनबाट १९ वर्षीय प्रशन भण्डारी र १९ वर्षीय अनिस सुनार, पोखरा-१५ नयागाउँका २१ वर्षीय विकास नेपाली तथा स्याङ्जाको बिरुवा-८ घर भई हाल पोखरा-१५ नयागाउँ बस्ने २१ वर्षीय विशाल गुरुङलाई समेत पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया