मुग्लिन-नारायणगढ सडकमा भएको दुर्घटनामा एकको मृत्यु दुई घाइते

  फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : मुग्लिन-नारायणगढ सडकखण्डमा आज ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। ठक्करबाट दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ भुवनबस्तीकी ३१ वर्षीया अम्बिसा गुरुङ रहेकी छन् । घाइते हुनेमा उनका श्रीमान् ३५ वर्षीय मीनराज र छोरी ९ वर्षीया खुस्बु रहेकी छन् ।

कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना७ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना३२प ८२४८ नंको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिएको थियो ।

अम्बिसाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया