प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने एमाले निर्णय

  फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरूद्ध ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई गम्भीर षड्यन्त्रपूर्ण र अदालतमाथिको प्रहार भन्दै प्रतिवाद गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको एमाले सचिवालय बैठकले सत्तारुढ गठबन्धनमा रहेका दलका सांसदले पेश गरेको महअभियोग प्रस्तावलाई लोकतन्त्र र सार्वभौमसत्तामाथिको प्रहार भएको निश्कर्ष निकालेको हो ।
सार्थै यो स्थानीय तहको निर्वाचनलाई धकेल्ने षड्यन्त्र भएको बैठकको ठहर छ ।

एमाले महासचिव शंकर पोखरेलले यो कदम नेपालमा सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयपछि थालनी भएको संवादको प्रयासलाई विथोल्ने षड्यन्त्रका रुपमा आएको अनुमान गरेको बताउनु भयो ।

उहाँले यो कदम अनुचित भएको भन्दै त्यसलाई असफल पार्ने पनि जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया