काठमाडौं, माघ २९ : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा विवाद सिर्जना गरिनु निरर्थक भएको बताउनु भएको छ ।
जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशुद्ध रूपमा विकाससँग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताउनु भएको हो ।
उहाँले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटाउनको लागि यो महत्वपूर्ण विषय भएको बताउनुभयो ।
अध्यक्ष ठाकुरले एमसीसीको विषयमा उठेको विवादहरूको विषयमा सरोकारवाला निकायले आफ्नो पक्ष राखिसकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सृजना गर्नु उचित नभएको बताउनुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने सम्भावना रहेको बताउनु भयो । यसमा आवश्यकता हेरेर निर्णय लिने जानकारी दिनुभयो ।